Nepal

तस्वीर कपीराइटAFPइराकमा पहिला इस्लामिक स्टेट (आईएस) समूहको नियन्त्रणमा रहेका विभिन्न क्षेत्रमा दुई सयभन्दा बढी सामूहिक चिहान भेटिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। संयुक्त राष्ट्रसङ्घको मानवाधिकार कार्यालयले जिनिभामा सार्वजनिक गरेको एउटा प्रतिवेदनले हजारौँ पीडितहरू गाडिएका दुई सय दुईवटा सामूहिक चिहान पहिचान गरेको छ। राष्ट्रसङ्घका अनुसार त्यहाँ भएका अपराधको स्तर आकलन गर्नका लागि महत्त्वपूर्ण प्रमाण सङ्कलन गर्न चिहानको फोरेन्सिक परीक्षण गर्न आवश्यक छ। कुनै समय इस्लामिक स्टेटको नियन्त्रण रहेको उत्तरी र पश्चिमी इराकभरि नै त्यस्ता चिहानहरू फेला परेका हुन्।राष्ट्रसङ्घीय प्रतिवेदनले तिनमा १२ हजार जनाजतिको शव भएको हुनसक्ने बताएको छ। क्रूरइस्लामिक स्टेट समूहले सन् २०१४ मा इराकको केही भाग कब्जामा लिएर त्यहाँ क्रूर शासन लागु गरेको थियो र आफूसँग असहमत हुनेहरूलाई मारिदिने गरेको थियो। त्यस क्षेत्रमा इस्लामिक स्टेटको नियन्त्रण इराकी सरकारको सैन्य र समर्थक मिलिसियाको स्थलगत सहयोगमा अमेरिकी नेतृत्वको हवाई आक्रमणपछि अन्त्य हुन पुगेको थियो। मोसुल सहरबाहिरको एउटा खाडलमा आठवटा शव फेला परेको छ भने खस्फामा रहेको विशाल खाडलमा हजारौँ शवहरू हुन सक्छन्। थुप्रै शवको पहिचान खुलेको छैन। यसैबीच सयौँ इराकी परिवारले बेपत्ता आफन्तहरूको खोजी गरिरहेका छन्। संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा भनिएको छ - ती सामूहिक चिहानमा महत्त्वपूर्ण र सम्वेदनशील प्रमाणहरू रहेका छन्। प्रमाणत्यस्ता प्रमाणको प्रयोग मृतकको पहिचान गर्नका लागि र युद्धअपराध, मानवताविरोधी अपराध र नरसंहारको अभियोग तयार पार्नका लागि पनि सहयोगी हुन सक्ने राष्ट्रसङ्घले जनाएको छ। जिनिभास्थित बीबीसी सम्वाददाता इमोजेन फुक्स भन्छिन्, "संयुक्त राष्ट्रसङ्घले सामूहिक चिहानको उत्खनन गर्न र महत्त्वपूर्ण प्रमाणहरू सुरक्षित गर्नका लागि पनि थप स्रोत तथा साधनको माग गरेको छ।"उनका अनुसार बेपत्ता भएकाहरूको परिवारलाई थप सहयोग प्रदान गर्नका लागि पनि आह्वान गरिएको छ। हाल तिनले बेहोर्नु परेको पारिवारिक क्षति इराकी सरकारका पाँचवटा विभिन्न निकायहरूमा गएर दर्ता गराउनु पर्ने अवस्था छ।इस्लामिक स्टेटसँग इराकको लडाइँतस्वीर कपीराइटGetty Imagesज्यानुअरी २०१४: इस्लामिक स्टेट अफ इराक एन्ड लिभन्टद्वारा फलुजा र रमादी सहरमा कब्जाजुन २०१४: ६ दिनको सङ्घर्षपछि इराकको दोस्रो ठूलो सहर मोसुल जिहादीहरूको नियन्त्रणमा जुन २९, २०१४: इस्लामिक स्टेट अफ इराक एन्ड लिभन्टको नाम परिवर्तन गरेर इस्लामिक स्टेट एवम् आबु बकर अल-बग्दादीको नेतृत्वमा नयाँ खलिफाको घोषणाअगस्ट २०१४: सिन्जरमा इस्लामिक स्टेटको कब्जा। याजिदी समुदायका व्यक्तिसमेत दुई लाखजति नागरिक सिन्जर पर्वततिर पलायन। उनीहरूलाई अमेरिकाको सहयोगमा विमानबाट राहत सामग्री झारिएकोमार्च २०१५: इराकी फौज र तिनलाई सहयोग गरेका शिया लडाकुद्वारा टिक्रिटमा पुन: नियन्त्रणडिसेम्बर २०१५: रमादी फेरि सरकारी पक्षको नियन्त्रणमा जुन २०१६: फलुजा फेरि सरकारी पक्षको नियन्त्रणमा अक्टोबर २०१६: इराकी फौज, शिया लडाकु, कुर्दिश एकाइहरू एवम् अन्तर्राष्ट्रीय साझेदारद्वारा मोसुलमा घेराबन्दीसहित सैनिक कार्बाहीजुलाई २०१७: मोसुल फेरि सरकारी पक्षको नियन्त्रणमा डिसेम्बर २०१७: इराकका प्रधानमन्त्रीद्वारा इस्लामिक स्टेटसँग युद्ध सकिएको घोषणातपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैनपूर्व लडाकुकी श्रीमती के भन्छिन्





Unlimited Portal Access + Monthly Magazine - 12 issues-Publication from Jan 2021


Buy Our Merchandise (Peace Series)

 


Contribute US to Start Broadcasting



It's Voluntary! Take care of your Family, Friends and People around You First and later think about us. Its Fine if you dont wish to contribute and if you wish to contribute then think about the Homeless first and Feed them. We can survive with your wishes too :-). You can Buy our Merchandise too which are of the finest quality.

Debit/Credit/UPI

UPI/Debit/Credit

Paytm


STRIPE




SCAN and Contribute
        





13